पोखरा, २२ कात्तिक २०८२।
बागलुङमा गएराती एउटा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
बागलुङको बोबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जिप शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका-९ चौबिरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा ढोरपाटन नगरपालिका-९ चौबिरका स्थानीय राजिन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले जानकारी दिए | सोही दुर्घटनामा परेर अन्य चार जना घाइते भएका छन् । घाइते उनीहरूलाई उपचारका लागि बुर्तिबाङ अस्पतालमा ल्याउँदै गरिएको छ