कर्तब्य ज्यान मुद्दामा जन्मकैदको फैसला भएका पर्वतका राना युएईमा पक्राउ : नेपाल ल्याइयो

कर्तब्य ज्यान मुद्दामा जन्मकैदको फैसला भएका पर्वतका राना युएईमा पक्राउ : नेपाल ल्याइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ कार्तिक २०८२
  • 8.9K
    Shares

पोखरा, २२ कात्तिक २०८२।

कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको फैसला भएका पर्वतका एक व्यक्ति युएईमा पक्राउ गरेर नेपाल ल्याइएको छ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका पर्वतको साविक बेउलीबास गाविस–३ का रेशमबहादुर रानालाई युएईमा पक्राउ गरेर नेपाल ल्याइएको हो ।

ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको छ ।

पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस–३ का रेशमबहादुर राना रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।

रेशमबहादुर रानासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको विसं २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद (२० वर्ष) सजाय ठहर भएको थियो। उक्त फैसलापश्चात बेपता रानामगरलाई पक्राउ गर्न अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल जेठ १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जानाकार्फी दिएको छ।

एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका रेशमबहादुर रानालाई अदालतको फैसला कार्यान्बयन गर्न नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया