काठमाडौँ, २० कात्तिक २०८२।
रुपन्देहीमा बसले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
रुपन्देहीको सिद्धार्थनगरपालिका-१२ भैरहवामा विहिबार बसको ठक्करबाट एक पुरुषले ज्यान गुमाएका छन् । ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीका अनुसार विहान गरिक साढे १० बजेको समयमा बसले ठक्कर दिँदा मृत्यु भएका व्यक्तिको हालसम्म परिचय भने खुलेको छैन ।
मधेश प्रदेश ०३-००१ ख ९०३९ नम्बरको बसले अन्दाजी ३०÷३५ वर्षका पुरुषलाई बसले पछाडि गुडाउँदै गर्दा ठक्कर दिएको थियो । घटना लगत्तै घाइतेलाई उद्धार गरी भैरहवाकै भीम अस्पतालमा लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भैरहवामा जन्ती बोकेर आएको उक्त बसका चालकलाई खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।