पोखरा, १८ कार्तिक २०८२ ।
अबैध लागू औषध ब्राउनसुगरसहित पोखराबाट दुई युवा पोखराबाट समातिएका छन्।
तनहुँतर्फबाट पोखारा आएको ग १ ख ४४९९ नम्बरको हाईस गाडी सोमबार राती करीब ८ बजे पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोकमा चेकजांच गर्ने क्रममा सोही बसमा आएका दुई जना युवा अबैध लागू औषध ब्राउनसुगरसहित समातिएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी
टोलिले पक्राउ गरेका अभियुक्तहरुमा पोखरा महानगरपालिका वडा नं. ३२ बस्ने वर्ष ३७ को बिनोद ढकाल र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. १२ सिक्रेनी बस्ने वर्ष ३८ को बिकाश
लामा रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट लागू औषध खैरो हिरोईन (ब्राउनसुगर)
३.८९ ग्राम बरामद भएको पनि प्रहरीले दाबी गरेको छ।
उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी
अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।