कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०८२
  • 2.9K
    Shares

पोखरा, १८ कार्तिक २०८२ ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रभावका कारण कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहँदै अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार