पोखरा, १८ कार्तिक २०८२ ।
लोकदोहोरी क्षेत्रमा उदाउँदै गरेकी प्रतिभाशाली मोडल करुणा तामाङ अचानक घरमै मृत फेला परेकी छन् । लामो समयदेखि लोकदोहोरी गायिका बबिता बानिया ‘जेरी’ का पूर्वपति तथा कलाकार शंकर क्षेत्रीको टिममा काम गर्दै आएकी करुणा अचानक घरमै मृत फेला परेकी हुन् ।
श्रोतका अनुसार घरमै मृत भेटिएकी चर्चित मोडल करुणा तामाङको मृत्युको बारेमा बिस्तृत अनुशन्धान शुरु गरिएको प्रहरिले जानकारी दिएको छ। प्रारम्भिक विवरण सार्वजनिक नभएकाले घटना अझै रहस्यमय मानिएको छ।
जेरीका पूवपति शंकर क्षेत्रीले उनी केही समय अघि चाडपर्व मनाउनका लागि घर गएकाे जानकारी दिएका छन्। तर, उनले यस्तो कदम किन उठाइन् भन्ने विषय अझै खुलेको छैन। परिवार र नजिकका साथीहरू पनि घटनाबाट दुखि भएका छन् ।
करुणा तामाङ ‘जुनकिरी’ लगायतका लोकदोहोरी भिडियोहरूमा आकर्षक नृत्य प्रस्तुतिका कारण परिचित थिइन्। छोटो समयमै दर्शकको ध्यान तान्न सफल उनी नेपाली लोकसंगीत क्षेत्रका उदाउँदा मोडलमध्ये एक मानिन्थिन्।