रेडियो चोरी गरेर भागेका एक व्यक्ति ४७ वर्ष पछि स्याङ्जामा जेल चलान

रेडियो चोरी गरेर भागेका एक व्यक्ति ४७ वर्ष पछि स्याङ्जामा जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०८२
  • 5.9K
    Shares

पोखरा, १८ कार्तिक २०८२ ।

सुनका गरगहना र रेडियो चोरी गरेर भागेका एक व्यक्ति स्याङ्जामा ४७ वर्ष पछि पक्राउ पछि पक्राउ परेका छन्।

४७ वर्ष अघि २०३५ साल वैशाख १५ गते राति स्याङ्जाको पेलाकोटस्थित दिलबहादुर रानामगरको घरबाट सुनका गरगहना र रेडियो चोरी गरेर भागेका साविक पेलाकोट गाउँपञ्चायत–२ हाल गल्याङ नगरपालिका –७, कल्लेरी बस्ने लालबहादुर रानामगर सोमबार पक्राउ परेका हुन्।

रानामगरलाई उक्त मुद्दामा २०४५ साल मंसिर १६ गते जिल्ला अदालत स्याङ्जाले उनलाई दोषी ठहर गर्दै एक महिना १५ दिन कैद र चारहजार पांच सय रुपैयाँ जरिवानाको सजाय सुनाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

फैसला पछि फरार रहेका उनलाई लामो अनुसन्धानपछि प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराइएको र सजाय भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया