रोकी राखेको ट्रयाक्टरमा तीन जना चढेको मोटरसाइकल अर्घाखाँचीमा ठोक्कियो : दुई जनाको मृत्यु, एक जना घाइते

रोकी राखेको ट्रयाक्टरमा तीन जना चढेको मोटरसाइकल अर्घाखाँचीमा ठोक्कियो : दुई जनाको मृत्यु, एक जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८२
  • 2.4K
    Shares

पोखरा, १७ कार्तिक २०८२ ।

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाकाे मृत्यू भएको छ ।

पाणिनि गाउँपालिका-३ दुर्घाफाटमा आज बेलुका झन्डै पौने ८ बजे निगालीबाट दुर्घाफाटतर्फ आउँदै गरेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रयाक्टरमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्।

दुर्घटनामा मोटर साइकल चालक पाणिनि ४ निगालीका १८ वर्षीय गौतम बिक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिए। सोही मोटरसाइकलमा पछाडी सवार २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खर्ज्याङमा रहेको अस्पतालमा उपचार पछि थप उपचारको लागि पाल्पा रिफर गरिएको छ।

मोटरसाइकलमा ३ जना सवार थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया