सडक दुर्घटनामा परेर रुकुमका युवाको अमेरिकाको न्युयोर्कमा निधन

सडक दुर्घटनामा परेर रुकुमका युवाको अमेरिकाको न्युयोर्कमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०८२
  • 3.4K
    Shares

अमेरिकामा भएको दुर्घटनामा परेर मृत्यु भएका धर्मराज पुन मगर

पोखरा, ९ कार्तिक २०८२।

अमेरिकामा भएको सडक दुर्घटनामा परेर एक जना नेपाली युवाको निधन भएको छ।

अमेरिकाको लाउरेल सिटी, डेलावेयर राज्यमा भएको सडक दुर्घटनामा नेपालको पुथा उत्तर गंगा गाँउपालिका वार्ड नं १० रुकुम घर भएका २५ वर्षीय धर्मराज पुन मगरको निधन भएको हो ।

कामबाट घर फर्किने क्रममा करिब १० बजेको समयमा गाडीको ठक्करबाट गम्भिर घाइते भएपछि हेलिकप्टरबाट उपचारको लागि क्रिस्टियाना हस्पिटल नेवार्क, डेलावेयर लगिएकोमा उपचारको क्रममा अक्टोबर १९ तारिख आईतवारको दिन करिब रातको १० बजे निधन भएको प्राप्त समाचारमा जनाइएको छ।

पुन मगर बिगत केहि महिना देखि कामको सिलसिलामा डेलावेयरमा बस्दै आएका थिए ।
मृतक पुन मगर एक वर्ष अगाडी मात्र तल्लो बाटो हुदै अमेरिका प्रबेश गरेका थिए । लाखौ नेपाली पैसा दलाललाई बुझाएर सुनौलो सपना देखेर अमेरिका पाइला टेकेको वर्ष दिनमा पुन मगरले कलिलो उमेरमै ज्यान गुमाउन पुग्दा उनको र परिवारको सपना चकनाचुर भएको छ । पुन मगरलाई ठक्कर दिने गाडीलाई प्रहरीले पक्राउ गरेपनि केहि कागज पत्र बुझेर छोडिदिएको र घटना अहिलेसम्म अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ ।

यसैबीच प्राप्त , मृतक पुन मगरको अन्तिम दाह संस्कार न्युयोर्कमा गरिने तयारी शुरु गरिएको छ । मृतक पुन मगरको अन्तिम दाह संस्कार यहि सोमबार २०२५ अक्टोबर २७ को दिन न्युयोर्कमा गर्न लागिएको मगर संघ अमेरिकाका अध्यक्ष दिप सागर बुढा मगरले जानकारी दिए।

मृतकको घर पारिवारको आर्थिक अवस्था कमजोर रहेको हुदा अमेरिकाबाट नेपाल मृतकको लास लान धेरै खर्चिलो भएकोले र परिवारका सदस्यहरू अमेरिकामा कोहि नभएकोले दाह संस्कारको सबै प्रक्रिया मगर संघ अमेरिकालाई जिम्मा दिईएको छ ।

उनको दाह संस्कारका लागि खर्च अभाव हुँदा परिवारलाई केहि राहत होस् भनेर गेमी तकसेरा समाजले आर्थिक सहयोग अभियान संचालन गरेको छ, जसमा अन्य समाजहरुले पनि आ आफ्नो ठाउँबाट सहयोग उठाइरहेको जानकारी प्राप्त भएको छ ।

साथै मगर संघ अमेरिकाले पनि दाह संस्कार खर्चको लागि आर्थिक सहयोग संकलन अभियाननै चलाएको छ । देलावेयरबाट न्युयोर्क सम्म मृतकको लास ल्याउन र अन्तिम संस्कार गर्न करिब १५ हजार डलरसम्म खर्च हुने सम्भाबना देखिएको मगर संघ अमेरिकाका अध्यक्ष दिप सागर बुढा मगरले बए । यहाँहरु पनि यो दुखद घडीमा सहयोग गर्न चाहानु हुन्छ भने मगर संघको अफिसियली फोन नं 917-596-4810 मा ZELLE गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया