बारामा महिलामाथि “बोक्सी” भन्दै अर्धनग्न बनाएर अमानवीय व्यवहार

बारामा महिलामाथि “बोक्सी” भन्दै अर्धनग्न बनाएर अमानवीय व्यवहार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ असोज २०८२
  • 2.7K
    Shares

बोक्सी आरोप

पोखरा , १६ असोज २०८२

बाराको सुवर्ण गाउँपालिका–८ मझरियामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ ।

स्थानीय ३३ वर्षीय एक महिलालाई बोक्सीको आरोप लगाउँदै गाउँकै केही व्यक्तिहरूले असोज ११ गते कुटपिट गरी, कपडा च्यातेर अर्धनग्न बनाई कपाल काटेर अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको किटानी जाहेरीअनुसार, गाउँकै बाबुसाहेब यादव, लालदेव पण्डित, विक्रम पण्डित र सुरेश यादवले माहिलामाथि बोक्सीको आरोप लगाउँदै जघन्य व्यवहार गरेका हुन् ।

पीडित महिलाको परिवारका सदस्यहरूले दिएको जाहेरीमा विक्रम पण्डित र लालदेव पण्डितले पीडित महिलाको निजी जग्गामा जबरजस्ती बाटो बनाएको कुरा उल्लेख छ । त्यस जाहेरीमा जबरजस्ती बाटो बनाएको विरोधमा उनले स्थानीय प्रहरी चौकीमा उजुरी दिन जाँदा बाटोमै छेकेर उनलाई बोक्सीको लाञ्छना लगाउँदै कुटपिट गरिएको उल्लेख छ ।

पीडित महिलाले घटनापछि कलैयास्थित अस्पतालमा लगेर उपचार गराइएको थियो । हाल उनलाई थप उपचारका लागि वीरगञ्जको एक अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया