सप्तरी । राजविराज नगरपालिका वडा नम्बर १३ स्थित विषहरियामा चट्याङ लागेर आठ भारतीय नागरिक घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने चिन्ताजनक रहेको बताइेको छ।
हावाहुरीसँगै परेको चट्याङ लागेर हिरो इँट्टा उद्योगमा कार्यरत भारत बंगाल, कुच बिहारका ४० वर्षीय नुर जमाल, ३५ वर्षीया अमिला बिबी, ३६ वर्षीय अहमद मियाँ, ६ वर्षीय अरमान, ४५ वर्षीय तैयव, ११ वर्षीय आलमिन, ३० वर्षीय सौफियार तथा ४५ वर्षीया मेजिला घाइते भएका हुन् ।
घाइतेमध्ये नुर जमालको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । घाइते सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।