चिलको वच्चा समाउन खोज्दा करेण्ट लागेर २ जनाको ज्यान् गयो

चिलको वच्चा समाउन खोज्दा करेण्ट लागेर २ जनाको ज्यान् गयो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ बैशाख २०७४
  • 8.4K
    Shares

२५ बैशाख बाग्लुङ/ बाग्लुङमा चिलको बच्चा समात्न जाँदा सोमबार विहान दुई जनाको ज्यान गएको छ । बाग्लुङ नगरपालिका २ मा चिलको बच्चा समात्न जाँदा करेन्ट लागेर दुजन घर्तीमगर र बमबहादुर घर्तीमगरको ज्यान गएको हो ।

मिसी गाउँपालिकाका उनीहरु नेपाल टेलिकम बाग्लुङको भवन बनाउने काम गर्दै आइरहेका थिए । उनीहरु दुई दिनअघि मात्रै नेपाल टेलिकमको भवन निर्माण कार्यका लागि आएका थिए ।

हाइटेन्सन लाइन मुनिको रुखमा चिलको बच्चा समात्न चढ्दा करेन्ट लागेर उनीहरुको ज्यान गएको डीएसपी अनिलकुमार खड्काले बताए ।

प्रतिक्रिया