काभ्रेका युवाको पोल्यान्डमा निधन : शव नेपाल ल्याउन रकम संकलन शुरु

काभ्रेका युवाको पोल्यान्डमा निधन : शव नेपाल ल्याउन रकम संकलन शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ साउन २०८२
  • 5.7K
    Shares

पोल्याण्डमा मृत्यु भएका काभ्रेअका कृष्ण बजगाईं

पोखरा २४ साउन २०८२।

काभ्रेका एक युवाको युरोपेली मुलुक पोल्यान्डमा निधन भएको छ। काभ्रेको बनेपा घर भएका ३३ वर्षीय कृष्ण बजगाईंको उपचारको क्रममा पोल्यान्डस्थित रिजनल अस्पताल कोअब्जेगमा मृत्यु भएको हो।

गत जुन २७ मा एक्कासी पेट दुखेर उपचारका लागि अस्पताल भर्ना गरिएका बजगाईंको गत मंगलबार उपचाराकी क्रममा अस्पतालमा मृत्यु भएको कृष्णसँगै काम गर्ने चितवनका अशोक भुसालले बताए।

भुसालका अनुसार , होटल स्कलमा बारमेनको काम गर्दै आएका बजगाईको प्यान्क्रियाटाइटिससम्बन्धी रोग रहेको अस्पताल ब्यबस्थापनले जानकारी दिएको छ।

रोजगारीका करामाम सन् २०१६ मा पोल्यान्ड पुगेका बजगाईं पोल्यान्डस्थित उस्त्रोनी मोर्स्की शहरमा उनी श्रीमती अञ्जु गौतमका साथमा बस्थे। अहिले उनको शव रिजनल अस्पताल कोअब्जेग शवगृहमा राखिएको र आवश्यक कानुनी प्रकृया पूरा गरी नेपाल पठाइने बताइएको छ।

मृतकको शव नेपाल पठाउन एनआरएनए पोल्यान्डले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। पोल्यान्डमा रहेका नेपाली समुदायलाई ७ दिनभित्र मानवीय सहयोग अभियानका लागि आर्थिक सहयोग गरिदिन एनआरएनए पोल्यान्डले सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ।

प्रतिक्रिया