मट्टीतेल र डिजलको मुल्य तीन रुपियाँका दरले बढ्यो : पेट्रोलको एक रुपियाँ घट्यो

मट्टीतेल र डिजलको मुल्य तीन रुपियाँका दरले बढ्यो : पेट्रोलको एक रुपियाँ घट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ साउन २०८२
  • 4.3K
    Shares

पोखरा १६ साउन २०८२।

नेपाल आयल निगमले अधिकांश सर्वसाधारणले प्रयोग गर्ने डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ भने हुनेखानेहरुले प्रयोग गर्ने सवारी साधनमा प्रयोग हुने पेट्रोलको मूल्य घटाएको छ।

निगमले आजदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँका दरले मूल्य बढाएको छ भने पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ। यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ ।

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार