पोखरा १५ साउन २०८२।
काठमाण्डौमा गएराती पानी बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।
काठमाडौँ महानगरपालिका- ३२ छाप्रोमा जडिबुटीबाट पेप्सिकोलातर्फ आउँदै गरेको बा.प्र ०१-००४ क ३२८७ नम्बरको पानी ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको बा.प्र ०२-०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराति पौने नौ बजेतिर काठमाडौँको पेप्सिकोला नजिक ब्थाक्कर दिंदा एक जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर काभ्रेको रोसी गाउँपालिका- ३ घर भएका २५ वर्षीय नवराज तुमसिङको मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उनको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको रोसी-३ कै २६ वर्षीय सन्तोष मगर घाइते भएको छन्। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। एआईलाई तयार पारेको सांकेतिक चित्र