पोखरा १४ साउन २०८२।
नेपाल प्रहरीको प्रधान कार्यालय (हेडक्वार्टर) मा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।
प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक पक्राउ परेका हुन् ।
काठमाण्डौको हात्तीवनस्थित डेरामा बलात्कार गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनले भने, ‘जबर्जस्तीकरणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’
जवान बाजुराका स्थानीय हुन् । उनले कालिकोट घर भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । बलात्कारपछि विकले सामाजिक सञ्जालमा ती महिला आफ्नी पत्नी भएको भन्दै पोस्ट गरेका थिए ।
पीडित युवती र आरोपी दुवै विवाहित हुन् ।