पोखरा,१० साउन २०८२।
नेपालगन्जस्थित एक कतेजका क्याप्टेनले स्थानीय अर्को रेस्टुरेन्टमा काम गर्ने वेटरको हत्या गरेका छन्।
नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टमा काम गर्ने वेटर दैलेख घर भएकी १९ वर्षीया निर्मला थापाको स्थानीय स्वस्तिक कटेजमा काम गर्ने क्याप्टेन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरमा बस्दै आएका ३३ वर्षीय प्रकाश सुनारले हत्या गरेका हुन्।
स्थानीयका अनुसार उनीहरू केही वर्षदेखि सोही स्थानमा ‘लिभिङ टुगेदर’ मा बस्दै आएका थिए। क्याप्टेन सुनारले बुधबार नेपालगंज वडा नं १२ बेलासपुरमा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक पतालीले जानकारी दिए।
डिएसपी पतालीले दिएको जानकारी अनुसार , उक्त दिन सुनारले निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी शवलाई कोठामा बन्द गरेर फरार भएका थिए।
घटनाको एक दिनपछि प्रकाशले मृतकका परिवारलाई फोन गरेर आफूले निर्मलाको हत्या गरेको खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रबार बिहान फोन गरेर निर्मलाको हत्या आफूले गरेको स्वीकार गर्दै आत्मसमर्पणका लागि प्रहरी कार्यालयमा आउन लागेको जानकारी गराएका थिए। प्रहरी कार्यालय आउँदै गरेका प्रकाशलाई प्रहरीले बीच बाटो धम्बोझी नजिकबाटै नियन्त्रणमा लिएको थियो।
अभियुक्त प्रकाशले दिएको सूचनाका आधारमा उनीहरू बस्दै आएको डेरामा प्रहरी पुगेर मृतक निर्मलाको शव फेला पारेको थियो। मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको डिएसपी पतालीले बताए।
शव पोष्टमार्टम गरेर शनिबार परिवारको जिम्मा लगाइने उनले बताए। विवाहित प्रकाशको घरमा श्रीमती, एक छोरा, एक छोरी रहेका छन्। ‘अभियुक्त प्रकाशले निर्मला मेरो कान्छी श्रीमती हो भन्ने बयान दिएको छ, हत्या गर्नुको एकिन कारण अहिलेसम्म खुलेको छैन,.”
उक्त घटना सम्बन्धि आबश्यक अनुसन्धान प्रक्रिया भैरहेको प्रहरीले जनाएको छ।
विवाहित प्रकाशको श्रीमती सहित एक छोरा , एक छोरी बर्दियामा नै बस्छन् । उनको परिवारका अनुसार विगत ३ वर्षदेखि प्रकाश र निर्मला बेलासपुरमा सँगै बस्ने गर्दथे ।