२२ वर्ष अघि छिमेकीको हत्या गरेर भागेका म्याग्दीका युवा घरबाटै समातिए

२२ वर्ष अघि छिमेकीको हत्या गरेर भागेका म्याग्दीका युवा घरबाटै समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ साउन २०८२
  • 3.9K
    Shares

पोखरा, ९ साउन २०८२।

म्याग्दीमा आफ्नै छिमेकीको हत्या गरेर भागेका एक व्यक्ति २२ वर्षपछि घर फर्किएको अवस्थामा घरबाटै समातिएका छन्।

म्याग्दीको हाल रघुगंगा गाउँपालिका वडा नं. ४ साबिक दग्नाम गा.वि.स. वडा नं. ०२ दग्नाम बस्ने के बहादुर गर्बुजा आफ्नै छिमेकी धनराम तिलिजाको हत्या गरेको आरोपमा २२ वार्हा पछि घर फर्किएको अवस्थामा घरबाटै समातिएका हुन्।

अभियुक्त के बहादुर गर्बुजा समेतका व्यक्तिहरुले २०६० साल कार्तिक ६ गते मध्यराती १२ बजे धनराम तिलिजालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

उक्त ज्यान सम्बन्धी कसूर मुद्दामा म्याग्दी जिल्ला अदालतको २०६८ साल जेठ ११ गतेको इजलाशले के बहादुर गर्बुजालाई २० वर्ष कैद हुने फैसला गरेको प्राप्त समाचारमा जनाइएको छ।

उक्त फैसला बमोजिम पक्राउ परेका के बहादुर गर्बुजालाई फैसला कार्यान्बयन गर्न जिल्ला अदालत म्याग्दीमा बुझाइएकोमा अदालतको फैसला बमोजिम कैद भुक्तानका लागि म्याग्दी जिल्ला कारागार पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार