पोखरा, ९ साउन २०८२।
स्याङ्जामा श्रीमानको हत्यापश्चात लुकेर बसेकी महिला पक्राउ परेकी छिन्। स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ८ कटेज नमुनाटोलकी रञ्जिता लामिछाने श्रीमानको हत्या गरेर लुकी बसेको अवस्थामा स्याङ्जाबाट पक्राउ परेकी हुन्।
२०८० वैशाख २२ गते बिष खाएर मृत्यु भएको अवस्थामा मृत्यु भएको अवस्थामा फेला परेका ४९ वर्षीय श्रीमान खुमानन्द लामिछानेको मृत्यु सम्बन्धमा अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय वालिङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले कान्छी श्रीमती रञ्जिता लामिछानेलाई श्रीमान्को हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले जानकारी दिएको छ।
रन्जिताले श्रीमान्लाई खानामा विष राखेर खुवाएको खुल्न आएपछि अनुसन्धानका लागि अभियुक्ता रञ्जितालाई वालिङ बजारको मोडमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेकी लामिछानेलाई जिल्ला अदालत स्याङ्जामा कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको एसपी न्यौपानेले बताए ।
सांकेतिक चित्र