आफ्नै नवजात शिशुको हत्या गरी पोखराको चाउथेमा फालेर भागेका युवा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट १० महिना पछि पक्राउ

आफ्नै नवजात शिशुको हत्या गरी पोखराको चाउथेमा फालेर भागेका युवा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट १० महिना पछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ साउन २०८२
  • 5.4K
    Shares

पोखरा, ७ साउन २०८२।

आफ्नै नवजात शिशुको हत्या गरी पोखराको चाउथेमा फालेर भागेका नुवाकोटका युवा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट १० महिना पछि पक्राउ परेका छन्।

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा महानगरपालिका– ९ नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने आफ्नै नवजात शिशुको हत्या गरी पोखराको चाउथमा फालेर भागेको आरोपमा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट १० महिना पछि पक्राउ परेका हुन्।

बच्चा जन्माउन श्रीमतीलाई हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याएको अवस्थामा गएको साउन ४ गते पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार , २०८१ साल असोज १३ गते साँझ पोखरा– १४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेको थियो। उक्त शिशु लामिछानेको भएको र शिशुको हत्या भएको खुलेपछि प्रहरीले लामिछानेबिरुद्ध पक्राउ पुर्जी जारेको थियो।

लामिछानेबिरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिए। बस्नेतलाई प्रहरीले जनाएको छ।

जेब्रा झोलामा फलाटिनको कपडाले बेरी रातो गुलाबी रंगको ब्लाङकेटले छोपेको अवस्थामा भेटिएको उक्त शिशुको शबलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गर्दा शिशुको घाँटी र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको खुलेको थियो।

शिशुलाई कर्तव्य गरी मारेको यकिन भएपछि प्रहरीले लामिछानेविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार