कास्की जिल्ला कारागारमा बन्दीहरुद्वारा टायर बालेर प्रदर्शन र ब्यापक नाराबाजी

कास्की जिल्ला कारागारमा बन्दीहरुद्वारा टायर बालेर प्रदर्शन र ब्यापक नाराबाजी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ साउन २०८२
  • 7.5K
    Shares

पोखरा, ५ साउन २०८२।

कास्की जिल्ला कारागारमा बन्दीहरुले टायर बालेर प्रदर्शन गरेका छन्।

चौकीदार नियुक्तिमा असहमति जनाउदै बन्दीहरुले कारागारभित्रै टायर बालेर प्रदर्शन गरेका हुन।

कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई नयाँ चौकीदारका रुपमा नियुक्त गर्ने निर्णय गरेपछि त्यसको विरोधमा कैदीबन्दीहरूले नाराबाजी गरेका हुन् । कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले पहिलेकै चौकीदार प्रकाश गुरुङलाई पुनः नियुक्त गर्न माग गरेका छन् ।

प्रकाश दुई कार्यकाल अघिका चौकीदार हुन् । आन्दोलनमा उत्रिएका कैदीबन्दीहरूले प्रकाशको पक्षमा नाराबाजी गरेका थिए । कारागारका सूचना अधिकारी महेन्द्र कुँवरका अनुसार आन्दोलन शान्तिपूर्ण छ । तर भित्रै उनीहरुले टायर पनि बालेर विरोध जनाएका छन् । कारागारभित्र रहेका कैदीबन्दीहरू दुई गुटमा विभाजित भएका छन् । अजय गुरुङको समर्थनमा एउटा समूह छ भने बाहिर नाराबाजी गर्नेहरू प्रकाशका समर्थक हुन् ।

सूचना अधिकारी कुँवरका अनुसार प्रकाश पक्षधरको संख्या धेरै देखिएको छ । कास्की कारागारको ‘क’ ब्लकमा हाल चार सयभन्दा धेरै कैदीबन्दी छन् । कारागार विभागले गरेको निर्णय परिवर्तन हुने सम्भावना नरहेको प्रशासनको भनाइ छ । यद्यपि, कैदीबन्दीहरूलाई सम्झाउने प्रयास भइरहेको कुवँरले जानकारी दिए । ‘यस्तो घटना म आएपछिको यो पहिलो हो । यसअघि यस्तो आन्दोलन भएको थिएन,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार