अब सरकारी कार्यालयले चेक काट्न नपाउने (हेर्नुस अर्थ मन्त्रालयको परिपत्र)

अब सरकारी कार्यालयले चेक काट्न नपाउने (हेर्नुस अर्थ मन्त्रालयको परिपत्र)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० असार २०८२
  • 4.1K
    Shares

अर्थ मन्त्रालय

पोखरा, ३० असार २०८२।

आगामी साउन १ गतेदेखि सरकारी कार्यालयहरुले चेक काट्न नपाउने भएका छन्। सरकारी कार्यालयहरुले आगामी साउन १ गतेदेखि चेक काट्न नपाउने गरी अर्थ मन्त्रालयले परिपत्र जारी गरेका कारण त्यस्तो भएको हो।

अर्थ मन्त्रालयले जारी गरेको परिपत्रमा सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्यरुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्यरुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।

प्रतिक्रिया