अमेरिकाको भर्जिनियामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका चार नेपाली

अमेरिकाको भर्जिनियामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका चार नेपाली


  • एजेन्सीहरु
  • शनिबार, २४ जेष्ठ २०८२
  • 13.7K
    Shares

पोखरा, २४ जेठ २०८२।

अमेरिकाको भर्जिनियामा गोली लागेको अवस्थामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्।

अमेरिकाको भर्जिनियाको मनाससस्थित घरको तल्लो तल्लामा भाडामा बस्दै आएका एकै परिवारका चार जना गोली लागेको अवस्थामा बिहीवार मृत भेटिएका हुन् ।

मृत भेटिएकाहरुमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ र आठ वर्षीया छोरी र दुई वाढ़स्का छोरा रहेका छन्। प्रहरीले मृत छोराछोरीको परिचय भने खुलाएको छैन।

प्रहरीलाई बिहीबार राति करिब १०:४० बजे लानाए लेनको ९४०० ब्लकमा रहेको तलको अपार्टमेन्टमा बोलाइएको थियो। चारै जनाको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचारमा उल्लेख छ । घटनास्थलमा एक हतियार पनि फेला परेको छ।

प्रहरीले उक्त मृत्युलाई हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया