पोखरा, १९ जेठ २०८२।
भारतको उत्तर सिक्किमस्थित छातेनमा रहेको सेनाको क्याम्पमा आइतवार राति पहिरो जाँदा तीन जना भारतीय सैनिकको मृत्यु भएको छ भने नौ जना बेपत्ता छन्।
लाचेन नदीमा पानीको सतह बढेपछि छातेनमा रहेको सेनाको आधार शिविर नै पहिरोको चपेटामा पर्दा तीन जना भारतीय सैनिकको मृत्यु भएको हो भने नौ जना बेपत्ता छन्।
उक्त पहिरोमा परेर हवलदार लखविन्दर सिंह, लान्स नाइक मुनीश ठाकुर र पोर्टर अभिषेक लखडाको निधन भएको भारतीय संचार माध्यमहरुले जानकारी दिएका छन्। उद्धार टोलीले उनीहरूको शब् बरामद गरिसकेको बताइएको छ। घटनामा चार जना घाइते भए तर समयमै उपचार पाएपछि स्थिर अवस्थामा रहेको जानकारी प्राप्त गरिएको छ।
उत्तर सिक्किमका धेरैजसो क्षेत्रहरू पैह्रोको कारण सम्पर्क विच्छेद भएकाले नियमित रूपमा ज्यान गुमाउनेहरूको रिपोर्ट प्राप्त हुन नसकेको चुङथाङका पुलिस अधिकारी अरुण ठटालले जानकारी दिए।
अर्कोतिर, लाचुङमा फँसेका पर्यटकहरूलाई सोमबार बिहानदेखि सुरक्षित स्थानमा सारिएको छ।
स्मऱण गराइन्छ, गत बिहीबार साँझ लाचेन – लाचुङको बीचमा चुबोम्बु नजिकै टिस्टा नदीमा वाहन खस्दा आठ पर्यटकसहित नौजना निखोज बनेका थिए।