पोखरा, २९ बैशाख २०८२।
उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)को नवौं अधिबेशनले अध्यक्षमा फेरी सुरज भण्डारीलाई चयन गरेको छ।
गएराती सम्पन्न नेजाको नवौं अधिबेशनले उपाध्यक्षमा कल्पना घिमिरे र महासचिवमा इश्वरी न्यौपानेलाई चयन गरेको छ। त्यस्तै सचिव शंकरबहादुर थापा र कोशाध्यक्ष झरना अधिकारी बनेका छन्।
सोही अधिबेशनले राजकुमार तामाङ (गोले), डा. डोल्मा लामा, यसोदा तिमल्सिना, जानु पंगेनी, दिपेन्द्र खड्का र डिल्लीबहादुर राउतलाई कार्य समिति सदस्य बनाएको छ भने सृजना काफ्लेलाई डिसी मेट्रो, शान्तिराज राईलाई उत्तर पुर्व, दिपक दाहाललाई पश्चिम र ओम आचार्यलाई मध्य क्षेत्रको क्षेत्रिय संयोजक तोकेको प्राप्त समाचारमा जनाइएको छ।
उक्त अधिबेशनको उद्घाटन गर्न नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा अमेरका पुगेकी छिन।