आजदेखि तीन दिन पानी पर्ने सम्भावना, बाली काट्न सतर्क हुन आग्रह

आजदेखि तीन दिन पानी पर्ने सम्भावना, बाली काट्न सतर्क हुन आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ बैशाख २०८२
  • 12.1K
    Shares

वर्षात, rain

पोखरा,४ बैशाख २०८२।

आजदेखि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् हरि प्रसाद दाहालका अनुसार बुधबारबाट देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ ।

अहिले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।

‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’
मौसम विभागका अनुसार कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार