नयाँ बर्ष शुरुवातको दिन मल्लाज कालान्जर सेवा समाज पोखराद्वारा भित्तेपात्रोको लोकार्पण

नयाँ बर्ष शुरुवातको दिन मल्लाज कालान्जर सेवा समाज पोखराद्वारा भित्तेपात्रोको लोकार्पण


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ बैशाख २०८२
  • 4.2K
    Shares

पोखरा,२ बैशाख २०८२।

उत्तरी पर्बतको मल्लाज कालान्जर क्षेत्रबाट आएर पोखरामा बसोबास गरिरहेका मल्लाजीहरुको साझा सस्था मल्लाज कालान्जर सेवा समाज पोखराले नयाँ बर्ष २०८२ को अवसरमा सोमबार शुभकामना आदानप्रदान एबम क्यालेन्डर बिमोचन कार्यक्रम गरेको छ।

संस्थाका जेष्ठ तथा बिशिस्ट सदस्य प्रेम शर्मा सुवेदी प्रा डा जगन्नाथ रेग्मी र सस्थापक अध्यक्ष नारायण प्रसाद सुबेदीले संयुक्त रुपमा भित्तेपात्रोको लोकार्पण गरेका थिए भने कार्यक्रममा प्रा डा जगन्नाथ रेग्मी, नारायण प्रसाद सुवेदी, कृष्ण बिश्वकर्मा, उदय प्रसाद सुवेदी र कृष्ण प्रसाद पौडेल लगायतले आ – आफ्ना शुभकामना मन्तब्य राखेका थिए।

समाजका अध्यक्ष बिबेक पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कौशिला जिसिले स्वागत मन्तब्य राखेकी थिइन् भनेकार्यक्रमको सञ्चालन सचिब डिल्लिराम रेग्मीले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार