पोखरा,२ बैशाख २०८२।
पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीमा स्नान गरेको टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा बगेकी पोखराकी एक महिला मृत भेटिएकी छिन्।
पर्वत जिल्लाको लुंखुदेउराली घर भई हाल पोखराको आमरसिंहचोकमा बस्दै आएकी ३८ वर्षीया विष्णु पन्त मोदीवेणीमा स्नान गरेको टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खसेर बेपत्ता भएकोमा मृत भेटिएकी हुन्।
पन्त बेपत्ता भएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं. गण चण्डिकाको प्रहरी टोलीले खोजी गर्ने क्रममा उनको शव बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेस्थित नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
शब् फेला परेको स्थान बागलुङ पर्ने भएकाले पोस्टमार्टमका लागि बागलुङ प्रहरीको जिम्मा लगाइएको पनि पर्वत जानकारी दिएको छ।
पन्त कुश्मास्थित दिदीको घरमा आएकी थिइन् । उनी आफ्नो छोरा र दिदीसहित कालीगण्डकी स्नान गर्न पुगेकी थिइन् ।