भाईलाई गोली हानेर मार्ने स्याल जेल चलान

भाईलाई गोली हानेर मार्ने स्याल जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ चैत्र २०८१
  • 8.3K
    Shares

पोखरा, २२ चैत २०८१।

बैतडीमा स्याल जेल चलान भएका छन्। जिल्ला अदालत बैतडीको असदेश बमोजिम पुर्पक्षमा रहने गरी बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ४२ वर्षीय स्याल भन्ने कर्णबहादुर बिष्ट जेल चलान भएका हुन्।

जिल्ला प्रहरी कार्यलय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले दिएको जानकारी अनुसार ,
गत फागुन १७ गते ४० हजार रुपैयाँ लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले आफ्नै भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरेका थिए। त्यसपछि बन्दुकसहित भाग्दै गरेका स्याललाई गएको फागुन २३ गते प्रहरीले दार्चुलाको महाकाली नगरपालिका- ९ दत्तु नजिकबाट पक्राउ गरेको थियो भने हत्यामा प्रयोग भएको बन्दुक र त्यसमा प्रयोग हुने सिसागोलीलगायतका सामग्री स्थानीय पत्थरखानीको ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ। म

उक्त हत्या सम्बन्धमा आबश्यक अनुसन्धान पश्चात प्रहरीले दिएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय बैतडीले जिल्ला अदालत बैतडीमा पेश गरेकोमा अदालतले अभियुक्त स्याल भन्ने कर्ण बहादुर बिष्टलाई पुर्पक्षम रहने गरी कारागार चलान गर्न आदेश दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार