अफिम कारोबारीले मकवानपुरको जंगलबाट प्रहरीको पेस्तोल लुटेर भागे

अफिम कारोबारीले मकवानपुरको जंगलबाट प्रहरीको पेस्तोल लुटेर भागे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ चैत्र २०८१
  • 7.1K
    Shares

पोखरा,१९ चैत २०८१।

काठमाडौँ । मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका छन् ।

लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएका ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मग्रातीमध्ये तामाङको पेस्तोल लुटेर लागुऔषध कारोबारी हुन् ।

सोमबार मध्यान्ह प्रहरीलाई देखेर दुई केजी अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए ।अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहले घेरा हालेर प्रहरीलाई कुटपिट समेत गरेर पेस्तोल लुटेर भागेका प्रहरीको दाबी छ । सात राउण्ड गोली लोड भएको टाइप–५४ पेस्तोल लुटपाट भएको जिप्रका मकवापुरका अधिकृतहरु बताउँछन् ।

आरोपीहरुको खोजीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल, ईप्रका मकवानपुरका इन्स्पेक्टर सविनबावु अर्याल, मनहरीका इन्स्पेक्टर विशाल सापकोटा, र धादिङस्थित ईलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सुमन चापागाईं खटिएका छन् ।लागुऔषध कारोबारीको खोजीमा ६० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एकजना अधिकृतले जानकारी दिए । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार