पोखराको लेकसाइडमा खुकुरी हानेको आरोपमा एक जना युवा खुकुरीसहित पक्राउ

पोखराको लेकसाइडमा खुकुरी हानेको आरोपमा एक जना युवा खुकुरीसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ चैत्र २०८१
  • 9.5K
    Shares

पोखरा,१५ चैत २०८१।

पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खुकुरी हानेको आरोपमा एक जना युवा खुकुरीसहित पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाईड बस्ने बर्ष २१ को एन्जल गुरुङलाई प्रहरीले खुकुरी हानेको आरोपमा एक थान खुकुरी सहित पक्राउ गरेको हो।

अभियुक्त गुरुङबिरुद्ध प्रहरीले बिहिबार दिउँसो पौने चार बजे पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित ओजोन गल्लीमा अर्का एक युवालाई खुकुरी हानेर घाइते बनाएको आरोप लगाएको छ। गुरुङले खुकुरी हानेर घाइते बनाएको भनिएका युवाको नाम प्रहरीले खुलाएको छैन। तर उनको अवस्था सामान्य रहेको र डिस्चार्ज भैसकेको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त गुरुङबिरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र ब्यबहार सम्बन्धि मुद्दामा १० दिनको म्याद थप गरी आबश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार