अज्ञात सवारीको ठक्करबाट इटहरीमा सुरक्षा गार्डको मृत्यु

अज्ञात सवारीको ठक्करबाट इटहरीमा सुरक्षा गार्डको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ चैत्र २०८१
  • 4.6K
    Shares

पोखरा,११ चैत २०८१।

अज्ञात सवारीको ठक्करबाट इटहरीमा ड्युटीमा हिंडेका सुरक्षा गार्डको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी–५ मा अज्ञात सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्री समेत रहेका महेन्द्र पेट्रोल पम्पमा सुरक्षा गार्ड काम गर्दै आएका गणेश पुरीको मृत्यु भएको हो।

आइतबार बिहान ३ः३५ बजे इटहरीस्थित राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ ३९ वर्षीय साइकल यात्री गणेश पुरीलाई अज्ञात सवारी साधनले ठक्कर दिएर घाइते बनाएकोमा उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

इटहरी २० तरहरा बस्दै आएका ३९ वर्षीय पुरीका श्रीमती र दुई जना साना छोरीहरू रहेका छन्। घटना बारेमा थप अनुसन्धान भै रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार