पोखरा,११ चैत २०८१।
सुख्खा पहिरोकाकारण बेशीशहर- चामे सडक अवरुद्ध भएको छ।
बेसिशहर – चामे सडकखण्ड अन्तर्गत लमजुङको मर्स्याङदी गाउपालिका वडा नम्बर ४ बस कटिङमा आज सिउसो १२ बजे माथिबाट सुख्खा पहिरो झर्दा उक्त सडक पुर्ण रुपमा अवरुद्ध भएको हो।
सडक डिभिजनसंग समन्वय गरी उक्त अवरुद्ध सडक खुलाउन अस्थायी प्रहरी पोस्ट जगतबाट प्रहरी हवाल्दार मनोज थापाको नेतृत्वमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।