पोखरा , २ चैत २०८१।
तिब्र गतिको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा नुवाकोटमा एक युवाको निधन भएको छ।
जिल्लाको बट्टारबाट दाङसिङतर्फ गइरहेको बा४६प ८२५३ नम्बरको मोटरसाइकल शुक्रवार बेलुकी विदुर नगरपालिका-६ सिंचाई पुल नजिकै बिजुलीको पोलमा ठोक्किंदा मोटरसाइकल चालकको निधन भएको हो।
उक्त दुर्घटनामा परेर तारकेश्वर गाउँपालिका-१ दाङसिंङ घर भएका मोटरसाइकल चालक ३२ वर्षिय चतुरमान तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिशूली अस्पताल नुवाकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले जानकारी दिए । मोटरसाइकल तिव्रगतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले बताए। तामाङको शव त्रिशूली अस्पतालमा राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।