प्रेमिकासँग विवाद भएपछि प्रेमीले आफ्नै शरीरमा आगो लगाए

प्रेमिकासँग विवाद भएपछि प्रेमीले आफ्नै शरीरमा आगो लगाए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ चैत्र २०८१
  • 8.4K
    Shares

पोखरा , १ चैत २०८१।

प्रेमिकासँग विवाद भएपछि झापामा एक प्रेमीले आफ्नै शरीरमा आगो लगाएका छन्।

सुनसरी इनरुवा ९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले प्रेमिकासँग विवाद भएपछि झापाको कन्काई नगरपालिका ४ स्थित कोटीहवन कनकाई सामुदायिक वन नजिक बिहीबार दिउसो १२ः२५ बजे आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।

उनलाई स्थानीयले देखेर प्रहरीलाई खबर गरेपश्चात् उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको लागि लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचाकारका लागि विराटनगर लगिएको छ । हाल गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ ।

विगत ३–४ दिनदेखि बिर्तामोड ४ स्थित सोफा हाउसमा काम गर्दै आएका चौधरी कोटीहोम दक्षिणपट्टिको सडकमा आफ्नी प्रेमिकासँग हिँड्दै गर्दा उनीहरूबिच विवाद भएको थियो ।

विवादका क्रममा चौधरीले आफ्नी प्रेमिका र आफूमाथि पेट्रोल छर्केका थिए । सँगै आत्मदाह गर्ने कोसिस गर्दा प्रेमिकाले भागेर ज्यान जोगाएकी छन् भने उनले आफ्नो शरीरमा आगो सल्काएका थिए ।

घटनापछि चौधरी थरकी ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको दुवै हात र पिसाब थैलीको केही भाग, कम्मरको भाग र दुवै कानसहित शरीरको ६० प्रतिशत भाग जलेको इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार