पोखरा , १ चैत २०८१।
म्याग्दीमा निर्माणाधीन रघुगंगा जलविद्युत आयोजनाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भाकेको छ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको रघुगंगा जलविद्युतमा काम गर्ने जेपी कम्पनीको जीपी २ ए ७०८८३ नम्बरको गाडी रघुगंगा गाउँपालिका-४ बुकलमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर बेनी नगरपालिका- २ खबरा घर भएका ४२ वर्षीय चालक हेमबहादुर घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले
शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।