धनकुटामा कान्छी श्रीमतीले केटाहरु लगाएर आफ्नो श्रीमानको गरिन् हत्या : कान्छी श्रीमतीसहित पांच जना पक्राउ

धनकुटामा कान्छी श्रीमतीले केटाहरु लगाएर आफ्नो श्रीमानको गरिन् हत्या : कान्छी श्रीमतीसहित पांच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ चैत्र २०८१
  • 8K
    Shares

पोखरा , १ चैत २०८१।

आफुलाई दिनहुँजसो कुटपीट गर्न थालेपछि धनकुटामा कान्छी श्रीमतीले केटाहरु लगाएर आफ्नो श्रीमानको हत्या गरिदिएकी छिन।

धनकुटाको छथर जोरपाटी गाउँपालिका-२, फलैँचाका ३८ वर्षीय खेमबहादुर दर्लामी मगरलाई उनकै ४४ वर्षीया कान्छी श्रीमती जीतमाया लिम्बूले गाउँले केटाहरु लगाएर हत्या गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले दिएको जानकारी अनुसार , खेमबहादुर दर्लामी मगर बिहीबार शरीरका विभिन्न भागमा चाेट देखिएको बेवारिसे अवस्थामा मृत फेला परेका थिए। गत बुधबार अपरान्ह समेत कुटपीट गरेपछि कान्छी श्रीमती सहितले बाँसको लट्ठीले पेट, ढाड लगायत विभिन्न स्थानमा प्रहार गरी घाँटी थिचेर हत्या गरेकाे हुनसक्ने डिएसपी खनालको अनुमान छ।

प्रहरीले मृतककी कान्छी श्रीमती ४४ वर्षीया जीतमाया लिम्बू, १९ वर्षीय ईन्द्रबहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर, ३१ वर्षीय दाछिरी र १६ वर्षीय एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार