पोखरा २७ फागुन २०८१।
अछाममा माटोको ढिस्कोले पुरिँदा एकैघरका देउरानी-जेठानीकाे मृत्यु भएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका- ९ पान्लिभिडमा चैतेदशैमा घर लिपपोत गर्नका लागि माटो ल्याउन जाँदा माटोको ढिस्कोले पुरिँदा एकैघरका देउरानी-जेठानीकाे मृत्यु भएको हो । उनीहरू दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएका थिए ।
उक्त घटनामा परेर जिल्लाको मंगलसेन नगरपालिका-८ सुतुडाका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।