नेपाल फोटो पत्रकार संघ कास्कीमा सर्वसम्मत नेतृत्व चयन : अध्यक्ष बने राम गुरुङ

नेपाल फोटो पत्रकार संघ कास्कीमा सर्वसम्मत नेतृत्व चयन : अध्यक्ष बने राम गुरुङ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ फाल्गुन २०८१
  • 5.4K
    Shares

पोखरा २६ फागुन २०८१।

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आइतबार सम्पन्न नवौं अधिवेशनले राम गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

उक्त नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ (सुमन), र कोषाध्यक्षमा युनिश गुरुङ चयन भएका छन् । त्यस्तै कार्यसमितिमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल सदस्य चयन भएको निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए ।

कार्य समितिको रिक्त रहेको सहसचिव र तीन सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने नेपाल फोटो पत्रकार संघ कास्कीले जानकारी दिएको छ।

अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए भने
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, संघका संस्थापक अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष ईन्द्रप्रसाद पौडेलल, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेल लगायतले संचार माध्यममा फोटो तथा भिडियोको महत्वका बारेमा बोलेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार