पत्रकार कृष्णमणि बराल ‘प्रेस क्लब पत्रकारिता पुरस्कार’बाट सम्मानित

पत्रकार कृष्णमणि बराल ‘प्रेस क्लब पत्रकारिता पुरस्कार’बाट सम्मानित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ फाल्गुन २०८१
  • 3.9K
    Shares

पत्रकार कृष्णमणि बराललाई सम्मान गर्दै सभामुख देवराज घिमिरे

पोखरा, २५ फागुन २०८१।

अन्नपूर्ण पोष्टका पत्रकार कृष्णमणि बराललाई शनिबार पोखरामा सम्मान गरिएको छ । प्रेस क्लब गण्डकीले बराललाई ‘प्रेस क्लब पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो ।

सभामुख देवराज घिमिरेले बराललाई ५० हजार रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे । बरालले पत्रकारितामार्फत पर्यापर्यटन, वातावरण संरक्षण र पोखरेली पत्रकारीतामा उल्लेखनीय योगदान पु¥याउनुभएको भन्दै पुरस्कार प्रदान गरिएको हो ।

त्यस अवसरमा सभामुख देवराज घिमिरेले हाल चर्चामा रहेको सञ्चारसम्बन्धी अध्यादेशबारे संशय भइरहेको अवस्थामा त्यसबारे कुनैपनि शंका नगर्न अनुरोध गरेका छन् ।

हालको सरकार स्वतन्त्रता अभिव्यक्तिकै पक्षमा आन्दोलन गरेर यहाँसम्म आइपुगेको बताउँदै गणतन्त्रमा नागरिकको मौलिक अधिकारलाई सँधै सम्मान गरिने बताए ।

प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहका प्रमुख अतिथिको आसनबाट बोल्दै सभामुख घिमिरेले भने ‘नागरिकको स्वतन्त्रतालाई राज्य सम्मान गर्छ, कुनैपनि हालतमा वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने कानुन बन्दैन ।’

सामाजिक सञ्जलमा देखिएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न भने आवश्यक देखिएको घिमिरेको भनाई छ ।

‘सञ्जालमा देखिएको विकृतिलाई नियन्त्रण गर्न कानुन बनाउँदा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदैन’ घिमिेरे भन्छन् ‘अहिलेको संसद पारदर्शी भएकाले सम्बन्धित सरोकार राख्नेहरूसँग पनि व्यापकरूपमा छलफल गरेर मात्र संसदले कानुन निर्माण गर्नेछ ।’

क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख घिमिेरेले पत्रकार कृष्णमणि बराललाई ५० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार