दुई जना हत्यारा युवा बलात्कार आरोपमा समातिए

दुई जना हत्यारा युवा बलात्कार आरोपमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ फाल्गुन २०८१
  • 6.8K
    Shares

पोखरा, १८ फागुन २०८१।

अदालतले हत्यारा ठहर गरेका दुई जना युवालाई प्रहरीले बलात्कार आरोपमा समातेको छ। मोरङको उर्लाबारी नगरपालिका–५, सूर्य चौकका १९ वर्षीय प्रतीक विक र धनकुटाको चौबिसे गाउँपालिका–३, गढीगाउँका १९ वर्षकै सनिश याक्खालाई प्रहरीले शनिबार समातेको हो ।

जिल्ला अदालत मोरङले गत जेठ ९ गते मोरङकै एक ब्यक्तिको हत्या गरेको कसुरमा याक्खालाई ८ वर्ष ६ दिन र विकलाई ६ वर्ष २ महिना ६ दिन कैद सजाय गर्ने फैसला गरेको थियो। अदालतले उनीहरुलाई हत्यारा ठहर गरेको भए पानि उनीहरु पक्राउ परेका थिएनन्।

हत्यारा ठहरिएका उनीहरु मोरङको उर्लाबारी घर भएका १४ वर्षीया दुई किशोरीलाई बन्धक बनाई बलात्कार गरेको आरोपमा शनिबार सनिश याक्खाकै घरबाट पक्राउ परेका प्रहरीले बताएको छ। सँगै दुवै किशोरीको उद्धार गरिएको थियो।

विक र याक्खाले विगत तीन दिनदेखि उनीहरुलाई बन्धक बनाएर राखेको खुलेको छ। प्रहरीका अनुसार किशोरीहरुलाई ललाइफकाई भगाएर त्यहाँ पुर्‍याईएको थियो। जिल्ला प्रहरी कार्यालय धनुकटाका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार