धनगढीको सामुदायिक जंगलमा दुई युवा मृत भेटिए

धनगढीको सामुदायिक जंगलमा दुई युवा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ फाल्गुन २०८१
  • 6.1K
    Shares

पोखरा, १८ फागुन २०८१।

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा दुई युवाको शव भेटिएको छ ।

उक्त सामुदायिक जंगलमामा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना मृत भेटिएका हुन् ।

चौधरीको शव झुडिएको अवस्थामा र रानाको शव भुईँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले बताए ।

उनका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले घाँटीमा पासो लगाएर जमानुको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । उक्त शवको करिब १५ मिटर पर रानाको शव भुईँमा फेला परेको छ ।

डीएसपी बोहोराको टोली घटनास्थल गएर मुचुल्का गरेर शव उठाएको छ । अब शव पोस्टमार्टमका लागि पठाउन लागिएको बोहराले बताए । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार