मोटरसाइकलमा बाँधेर कुकुर घिसार्ने ‘निर्दयी’ खुशीराम पोखरामा पक्राउ

मोटरसाइकलमा बाँधेर कुकुर घिसार्ने ‘निर्दयी’ खुशीराम पोखरामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ फाल्गुन २०८१
  • 31.7K
    Shares

मोटरसाइकलमा बाँधेर कुकुर घिसार्ने 'निर्दयी' पोखरा पुम्दिभुम्दीका खुशीराम बराल

पोखरा, १८ फागुन २०८१।

आफ्नै घरमा पालेको कुकुरलाई मोटरसाइकलमा बाँधेर घिसार्दै दगुराउने एक जनालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ।

कुकुरलाई घिसारेर यातना दिएको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दिभुम्दीका खुशीराम बराललाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो।

कुकुरलाई मोटरसाइकलमा बाँधेर दौडाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसलगत्तै प्रहरीले ती व्यक्तिको खोजी गरेको थियो ।

बरालले पोखरा बजारबाट कुकुरलाई मोटरसाइकलमा बाँधेर स्याङ्जातर्फ कुदाएका थिए । करिब पाँच किलोमिटर पर पुर्‍याइसकेपछि कुद्न नसकेको कुकुर घिस्रिन थालेपछि पनि बरालले छाडेका थिएनन् । तर, सोही बाटोबाट स्याङ्जातर्फ जाँदै गरेका केही युवाले त्यो दृष्यको भिडियो बनाउँदै कुकुरलाई उद्धार गर्न सघाएका थिए । उनीहरूले कुकुरमाथि ज्यादती गरेको भन्दै त्यसो नगर्न आग्रह गर्दा बरालले कुकुरले थाकेको नाटक गरेको जस्ता प्रतिक्रिया दिएका थिए । ती युवाहरूले नै पानी ल्याएर कुकुरलाई पिलाएका थिए ।

के हुन्छ सजाय ?

नेपालको प्रचलित कानुनले कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि जनावरको क्रूरतापूर्वक हत्या वा कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो भनेको छ । यस्तोमा उल्लिखित कुनै पनि किसिमको हत्या-हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी गर्न सकिन्छ ।

यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260