त्रिभुवन विभानस्थलबाट पौने चार किलो सुनसहित उच्वेकिस्तानका चार जना पक्राउ

त्रिभुवन विभानस्थलबाट पौने चार किलो सुनसहित उच्वेकिस्तानका चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ फाल्गुन २०८१
  • 9.6K
    Shares

पोखरा, १५ फागुन २०८१।

प्रहरीले त्रिभुवन विभानस्थल भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार उज्वेकिस्तानका चार जना नागरिकबाट तीन किलो भन्दा बढी तौल रहेको सुन बरामद गरेको छ ।

भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शंका लागेर खानतलासी गर्दा मलद्वारामा लुकाएको सुन बरामद भएको हो ।

विभानस्थल भन्सार सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्र राठौरका अनुसार दुबईबाट काठमाडौं आएको दुबई एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरुमध्ये तीन जना महिला र एक पुरुष छन् ।

नेपाल प्रहरीको सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको मलद्वारबाट सुनको टुक्रा बरामद गरेको हो । तस्करी समूहले उनीहरुलाई भरियाको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार