गोरखामा बाटो खन्ने क्रममा खसेको ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु

गोरखामा बाटो खन्ने क्रममा खसेको ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ फाल्गुन २०८१
  • 8.2K
    Shares

पोखरा, १५ फागुन २०८१।
गोरखामा बाटो खन्ने क्रममा खसेको ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ।

अजिरकोट गाउँपालिका–१, चिस्याङस्थित कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा खसेको ढुंगाले लाग्दा तनहुँको आँबुखैरेनी गाउँपालिका ६ घुमाउने घर भएका स्काभेटर चालक ४५ वर्षीय रामबहादुर आले मगरको मृत्यु भएको हो।

बुधबार दिउँसो बा प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा स्काभेटर चालक मगरको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार