सशस्त्र प्रहरी इन्स्पेक्टर जोशीलाई थप सात दिन हिरासतमा राख्न अनुमति

सशस्त्र प्रहरी इन्स्पेक्टर जोशीलाई थप सात दिन हिरासतमा राख्न अनुमति


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ फाल्गुन २०८१
  • 11.3K
    Shares

पोखरा, १४ फागुन २०८१।

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा पक्राउ परेका इन्स्पेक्टर विवेक जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

आत्महत्या दुरुत्साहन आरोपमा किटानी जाहेरीका आधारमा सोमबार पक्राउ परेका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतसमक्ष अनुरोध गरेको थियो ।

गत शनिबार पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन ब्यारेकमा इन्स्पेक्टर महत मृत अवस्थामा भेटिएकी थिइन् ।

महतका परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका थिए । इन्स्पेक्टरको आधारभूत तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालय नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । परिवारका अनुसार सन्तोषी र विवेक प्रेम सम्बन्धमा थिए ।

महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन् । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार