रोल्पामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

रोल्पामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ फाल्गुन २०८१
  • 6.2K
    Shares

श्रीमानद्वारा कुटपिट

पोखरा, १३ फागुन २०८१।

रोल्पामा धारिलो हतियार खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या भएको छ।

जिल्लाको त्रिवेणि गाउँपालिका वडा न. ६ थुम्का बस्ने बर्ष ४० को खिम बहादुर बुढामगरले आफ्नै ३२ वर्षीया श्रीमती अस्मिता बुढामगरको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

त्रिबेणी ६ थुम्कामा श्रीमतीको हत्या भएको खबर पाउनासाथ प्रहरी चौकी जुगारबाट प्रहरी नायव निरीक्षक दिवश हिताङको कमाण्डमा चार जना र ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट प्रहरी निरीक्षक सरोज प्रजापतिको कमाण्डमा छ जनाको टोली घटनास्थलमा पुगेका प्रहरीले बताएको छ।

शव घटनास्थलमै रहेको र निज खिम बहादुर बुढामगर र खुकुरी प्रहरीको नियण्त्रणमा रहेको बताइएको छ । के कारण घटना भएको हो भनेर अन्य बुझ्ने कार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार