पोखरा, १२ फागुन २०८१।
आफूलाई बिहे गर्न नसकेको, पहिले गरेकी श्रीमतीलाई पनि घरमा राख्न नसकेको भन्दै काका – काकीले हेपे पछि प्युठानमा एक युवाले आफ्ना काका – काकीको हत्या गरिदिएका छन्।
प्युठानको माण्डवी गाउँपालिका २ रातापानीका ३४ वर्षीय पंकज परियारले आफूलाई हेपेको भन्दै आफ्नै काका ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको हत्या गरेका हुन्।
करीब एक हप्ता अघि काका – काकीले आफुलाई आफूलाई बिहे गर्न नसकेको, पहिले गरेकी श्रीमतीलाई पनि घरमा राख्न नसकेको भन्दै हेपे पछि आक्रोशित बनेका पंकज परियारले शुक्रबार राती १० बजेतिर हत्या गरेका प्रहरीले जानकारी दिएको छ।
रातको समयमा काका – काकी मस्त निदाइरहेका बेला घरको दोश्रो तलाको झ्यालबाट घरभित्र छिरेर भर्याङबाट ताला झरी ढोकाको छेउमा रहेको घनले दुवैजनाको टाउकोमा हानेर आफूले हत्या गरेको पंकजले प्रहरी समक्ष स्वीकार गरेका छन्।
उनले हत्यामा प्रयोग गरेको घन रक्तामे अवस्थामा घटनास्थलभन्दा ५० मिटर टाढा फेला पारेको छ। सोही स्थानमा रगत पुछेको ब्ल्याङ्केट पनि फेला परेको छ।
घटना घटाउँदा पंकजले लगाएको स्विटर पनि उनको घरमा फेला परेको छ। जसमा रगत लागेको छ। हुकुमा परियारको हत्या गरेपछि उनको पटुकीमा रहेको २२० रूपैयाँ पनि पंकजले लगेको खुलेको छ। त्यसमध्ये २ सय रूपैयाँ खर्च गरिसकेको र २० रूपैयाँ बरामद भएको डीएसपी बस्यालले बताए।
६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको राती नै हटी भएको भए पनि शनिबार दिउसोसम्म ढोका नखुले पछि सोधीखोजी गर्दा उनीहरु घरभित्रै थिए। त्यसपछि मात्र पंकज आफैंले प्रहरीलाई खबर गरेर आफ्नो बाबा र माइजु मिलेर काका – काकीको हत्या गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख दिपेश बस्यालले जानकारी दिए।
एक साताअघि काका र काकीले नै आफूलाई बिहे गर्न नसकेको, पहिले गरेकी श्रीमतीलाई पनि घरमा राख्न नसकेको भनेकाले आफूले सहन नसकेर हत्या गर्ने योजना बनाएको पंकजलले प्रहरीलाई बताएका छन्।
पहिले बिहे गरे पनि पंकजकी श्रीमतीले डेढ वर्षपहिले छाडेकी थिइन्। यही कुरालाई लिएर काकाकाकीले आफूलाई हेपेको उनले बताए।
पंकजविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।