पोखरा ल्याइदै गरेको चार किलो गाँजासहित चौधरी समातिए

पोखरा ल्याइदै गरेको चार किलो गाँजासहित चौधरी समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ फाल्गुन २०८१
  • 4.8K
    Shares

गाँजासहित पक्राउ

पोखरा, ११ फागुन २०८१।

बसमा पोखरा ल्याइदै गरेको अबैध लागू औषध गाँजासहित पोखराबाट एक युवा समातिएका छन्।

पोखरा आउदै गरेको बसमा अबैध लागू औषध गाँजा बोकेर आएका सप्तरी स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ बग्लुङ बसपार्क बस्ने वर्ष २५ को दिपेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा आउदै गरेको बसलाई पोखरा ३२ मजुवास्थित पृथ्वी राजमार्ग सडक खण्डमा चेकजांच गर्दा चौधरी अबैध लागू औषध चार किलो गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
चौधरी आफुले बोकेको झोला भित्र उक्त परिमाणको गाँजा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार