कोरियाबाट फर्किएका तीन युवाले पोखरामा संचालन गरे एक करोड लगानीको ‘स्केटपार्क’

कोरियाबाट फर्किएका तीन युवाले पोखरामा संचालन गरे एक करोड लगानीको ‘स्केटपार्क’


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ फाल्गुन २०८१
  • 15.3K
    Shares

पोखरा, ११ फागुन २०८१।

कोरियाबाट फर्किएका तीन युवाले पोखरामा स्केटपार्क संचालन गरेका छन । रोजगारीको शिलशिलमा दक्षिण कोरिया पुगेका तीन जना युवा नेपाल फर्किएर पोखराको लेखनाथमा शनिबारदेखि स्केटपार्क संचालमा ल्याएका हुन ।

पर्वतको जलजला गाँउपलिकाका स्थायी घर भइ पोखरा बस्ने शिव जिसी र गोविन्द न्याैपाने तथा म्याग्दीको रघुगंगा गाँउपालिकाका सुधिर भण्डारीले पोखरा २६ अर्घाैबजार भिमसेन मन्दिर नजिकै करिब एक करोडको लगानीमा स्केट पार्क संचालनमा ल्याएका हुन । उनीहरुले पार्कसँगै खाजाघर पनि संचालन गरेका छन ।

उक्त स्केटपार्कको एक कार्यक्रमका बिच गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले उद्घाटन गरे ।

घरमै मोबाइलमा झुन्डिरहने बालबालिकालाई घरबाहिर ल्याउन र देशमै केही गराैँ भन्ने अभिप्रायले तिन साथी मिलेर स्केटपार्कमा लगानी गरेको संचालक शिव जिसीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार